सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्डमा बाजुरा १ स्वर्णमै सीमित, डोटी र दार्चुला स्वर्ण विहीन

धनगढी : बाजुरा सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १ स्वर्णमा सीमित बनेको छ। फागुन २० र २१ गते सञ्चालित शिल्डमा बाजुराले १ स्वर्णमै चित्त बुझाएको हो। ६६ वटा स्वर्णका लागि प्रतिस्पर्धा गरिएको थियो ।

४ औं प्रदेश स्तरीय शिल्डमा बाजुराले १ स्वर्ण सहीत ६ रजत र १३ कास्य सहीत २० वटा पदम ल्याएर छैटौं स्थानमा समेटिएको छ। सहभागि नौ वटा जिल्ला मध्ये कैलाली पहिलो र कंचनपुर द्धितीय भएका छन् । डडेल्धुरा तृतीय स्थान ल्याउन सफल भएको छ।

कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ वटा कास्य पदका हात पारेको छ । यस्तै द्धितीय भएको कंचनपुरले १९ स्वर्ण, १८ रजत र १५ कास्य हात पारेको छ। डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कास्य जितेर तृतीय स्थान ल्याउन सफल भएको छ । 

Mgid News ko Bichma

बैतडी ५ स्वर्ण, २ रजत र १० कास्य ल्याएर चौथो स्थानमा समेटिदा बझाग २ स्वर्ण, ४ रजत र १३ कास्य सहीत पाँचौ स्थानमा रहन सफल भएको छ।

inside post news
डिभिजन वन

छैंटौ स्थान ल्याएको बाजुरा पछि सातौं स्थानमा अछाम रहेको छ । अछामले १ स्वर्ण १ रजत र ६ कास्य पदक हात पारेको छ । 

आठौं र नवौ स्थानमा ल्याएका डोटी र दार्चुला भने स्वर्ण विहिन बनेका छन् । दुबै जिल्लाले कुनैपनि खेलमा स्वर्ण पदक जित्न सकेनन् ।

दार्चुलाले ४ रजत र ३ कास्य, डोटीले ३ रजत ८ कास्य पदकमै चित्त बुझाएर फर्किएको छ । खेलमा कैलाली र कंचनपुर नै हाबी देखिएका छन् ।

प्रदेश स्तरीय खेलमा जितेका खेलाडीले केन्द्रीय रनिङ शिल्डमा भाग लिन पाउने छन्। जिल्लाबाट छनोट भएकाहरुले प्रदेशमा भाग लिएर खेल खेलेका हुन्।

केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड बैशाख पहिलो साता आयोजना गर्ने तयारी गरिएको छ। पहाडी जिल्लामा बाजुराको नजिता अछाम, बझाग र दार्चुला भन्दा यो वर्ष राम्रो देखिएपनि लगानी र तयारी अनुसारको उपलब्धी अझै देखिएको छैन् ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...