डडेल्धुरा : डडेल्धुराको भागेश्वोर ०४ औडुगरा बोहरी गाँउ घर भएका गायक बिक्रम ओड र चर्चित गायिका गौरी भट्टको स्वरमा रहेको नयाँ देउडा गीत ‘सेतीका छाल’ सार्वजनिक भएको छ।
अतरियाको आटखोली क्षेत्रका विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको भिडियोमा बिक्रम ओड र पूजा मिश्रले प्रमुख अभिनय गरेका छन्।
बिक्रम ओड अफिसल युटुभ च्यानलबाट सार्वजनिक भएको उक्त देउडा गितको शब्द संगित बिक्रम ओड र दिपक संगम बि. सि. को रहेको छ।


निर्माण टोलीका अनुसार यस देउडा गीतले शूदुरपश्चिमको संस्कृति संरक्षणका साथै देउडा प्रेमीहरूलाई नयाँ स्वाद दिने विश्वास गरिएको छ।

भिडियो हेर्नू यहाँ क्लिक गर्नुहोस।