डेटिङमै १२ लाख खर्च, प्रेमीले बिहे गर्न नमान्दा प्रेमिका पुगिन् प्रहरीमा

धनगढी : धनगढी एक अनौठो घटना घटेको छ। युबती पक्ष बाट करिव १२ लाख भम्रणको लागि खर्च गरे पनि प्रेमीले बिहे गर्नु नमान्दा सो घटना प्रहरी समक्ष पुगेको हो।

नेहा र अनमोल (दुवै नाम परिवर्तित ) केही समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरू दुवै जना परिवारको सहमतिमा विवाहको तयारीमा थिए।

विवाहपूर्व एकअर्कालाई राम्ररी चिन्ने र समय बिताउने बहानामा उनीहरूले भारतका विभिन्न स्थानमा घुमघामको योजना बनाए।

Mgid News ko Bichma

यात्रामा युवक–युवती मात्र नभई दुवै पक्षका आमाबुबा समेत सहभागी थिए।

inside post news
डिभिजन वन

तर भारत भ्रमणबाट फर्किएपछि युवकले विवाह नगर्ने निर्णय लिए।

युवती पक्षले युवकलाई फकाउने प्रयास गरे पनि सफल नभएपछि उनीहरू जिल्ला प्रहरी कार्यालय कैलाली पुगे।

प्रहरीका अनुसार युवतीका अभिभावकले युवक पक्षको आग्रहमा भारत घुम्न गएकाले झण्डै १२ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्।

उनीहरूले प्रहरी समक्ष या त विवाह गराइदिन, नत्र घुमघाममा लागेको खर्च फिर्ता गराइदिन माग गरेका थिए।

तर प्रहरीले विवाह गर्ने वा नगर्ने निर्णय व्यक्तिगत स्वतन्त्रताको विषय भएको उल्लेख गर्दै दुवै पक्षलाई सम्झाइ–बुझाई पठाएको जनाएको छ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...