काठमाण्डौँ : प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् ।
बालुवाटरमा विवादमा तानिएको गृहमन्त्री रमेश लेखक तथा दुबै पार्टीका शिर्ष नेताहरु सहित भएको छलफलमा गृह मन्त्रीले संसदमा जवाफ दिने, राजिनामा दिनु नपर्ने निष्कर्षसहित सकिएको जनाईएको छ ।
बैठकका विषयमा प्रतिक्रिया दिदैँ नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नू राम्रो नभएको भन्दै गृह मन्त्रीलाई प्रस्ट पार्न दिने मौका दिन प्रतिपक्षहरुलाई आग्रह गर्ने बताए ।


उनले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ। एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन।

प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’
बर्तौलाले बालुवाटर छफलफलपछि सत्तापक्षले आज सदनमा पेलेरै जाने संकेत गरेका छन् ।