डडेल्धुराको नवदुर्गामा जिप दुर्घटना, चार जनाको ज्यान गयो

डडेलधुरा : डडेलधुरामा जिप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–५ चौडामा बिहीबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा परी चार जनाको ज्यान गएको छ।

डिभिजन वन

ज्यान गुमाउनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउंँद रहेका छन्।

सो दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

Mgid News ko Bichma

बिहान करिब ८ बजे ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब पाँच मिटर तल खस्दा घटनास्थलमै उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...