गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं:  गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने घोषणा गरेका हुन् ।

त्यसो त आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिने जानकारी समेत गराएका थिए ।

Mgid News ko Bichma
डिभिजन वन

गृहमन्त्री लेखकले क्याबिनेट बैठकमा राजीनामा दिने पार्टीलाई जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए ।

inside post news

जेनजी समूहले आज दिउँसो काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेका थिए ।

सो क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने ३५० हाराहारीमा घाइते भएका छन् ।

प्रहरीले जेनजीमाथि निर्मम प्रहार गरेको भन्दै गृहमन्त्री लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...