डडेल्धुरा : नवदुर्गाको डाडावनमा भएको खुल्ला पुरुष भलिबलको उपाधी परशुराम नगरपालिकले हात पारेको छ।
नवदुर्गा युवा सञ्जाल लाई पछ्रयाउदै उपाधि परशुरामले हात पारेको हो।
जस खेलमा विभिन्न स्थानीय तहका जम्मा १६ वटा टीमले प्रतिस्पर्धा गरेका थिए। फागुन २३ देखि २५ गते सम्म सुरु भएको प्रतियोगिता आज मान बहादुर बि .क. को सभापतित्वमा समापन गरिएको हो।


विजेता परशुराम नगर पालिकाले शिल्ड मेडल सहित नगद रु ८८ हजार आठ सय ८८ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। दोस्रो स्थान हुने आयोजक नवदुर्गा युवा सञ्जालले शिल्ड मेडलसहित ४४ हजार चारसय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

भने तेस्रो स्थान हासिल गर्ने शिखर नगरपालिकाले मेडल प्रमाणपत्र सहित २२ हजार दुईसय २२ रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा परशुरामका हिरा बोहरा उत्कृष्ट खेलाडीको स्थान कायम गरे भने वेष्ट स्पाईकर आयोजकका टिमका सन्तोष खत्री भएका छन।