सुर्नया गाउँपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा रोका हाजिर

बैतडी:  बैतडीको सुर्नया गाउँपालिकामा  हाकिम हाजिर भएका छन् । गाउँपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा हर्ष बहादुर  रोका हाजिर  भएका हुन् ।  बुधबार  साँझ पुगेका हाकिम रोका बिहीवारबाट पालिकामा हाजिर  भएका गाउँपालिकाले  जनाएको  छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन ९ गते रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो।सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत कार्यरत रहेका रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको २० दिन पछि  कार्यालयमा हाजिर भएका हुन्।

डिभिजन वन

 सुर्नया गाउँपालिका गएको पुस १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि गाउँपालिका हाकिम विहिन भएको थियो ।  प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर भएकाले  अब कामकाजमा सहज हुने  गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

Mgid News ko Bichma

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएसंगै  रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएका उनले बताए।

inside post news

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...