बाजुरा क्याम्पसको खेलुकुद सप्ताह समापन

बाजुरा– सुदुर पश्चिम बिश्व बिद्यालयको आङ्गिक क्याम्पस बाजुरा क्याम्पसमा भएको खेलकुद सप्ताहको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । चैत्र ४ गतेबाट सुरु भएको कार्यक्रमको आज समापन गरिएको हो । खेलकुद सप्ताहमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, दौड,सटफुुट, ज्याप्लिङ थ्रो, हाईजङ लङजम्प लगायतका विभिन्न खेलहरु भएका थिए ।

डिभिजन वन

मङ्गलबार एक कार्यक्रमका बिच बाजुरा क्याम्पसका प्रमुख रुप ब रौलेको अध्यक्षतामामा सञ्चालन भएको कार्यक्रममा गौमुल गाउँ पालिकाका अध्यक्ष हरि रोकाया प्रमुख अतिथि रहनु भएको थियो । बाजुरा क्याम्पस प्राध्यापक संघका अध्यक्ष भिम बिष्ट बिशिस्ट अतिथि रहेको कार्यक्रममा नि. बर्तमान क्याम्पस प्रमुख सुरेश पण्डित , नेबिसंघकि पुष्पा पाध्याय, अनेरास्ववियुका प्रकाश खड्का , अनेरास्ववियु क्रान्तिकारी पारस बुढा लगायत अतिथि रहनु भएको थियो । व्यवस्थापन संकायले ८ स्वर्ण १० रजत र ५ कास्य सहित २३ अंक प्राप्त गरी प्रथम , शिक्षा संकायले ७ स्वर्ण ६ रजत ५ कास्य सहित १८ अङ्क ल्याएर दोस्रो र मानविकी संकायले ६ स्वर्ण ४ रजत र ५ कास्य सहित १५ अङ्क प्राप्त गरी तृतीय भएको छ

क्याम्पसका प्राध्यापक मदन जोशीले सञ्चालन गरेको कार्यक्रममा आज सम्पूर्ण बिधामा प्रथम द्वितीय र तृतीय लाई पुरस्कार बितरण गरिएको थियो ।

Mgid News ko Bichma

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...