बैतडीमा नेपाल टेलिकम को नेटवर्क नआउँदा डाँडाकाँडा चड्नु पर्ने बाध्यता

यस्तै सुर्नया गाउपालिका मा विद्युत सेवा अवरुद्ध हुदा नेपाल टेलिकम को नेटवर्क नै गाइभ हुने स्थानिय युवा दिनेश महराले बताए

बैतडी,बैतडीमा बेला बेला नेपाल टेलिकमको टावरमा समस्या आउँदा स्थानिय बासिन्दा संन्चार सेवा बाट वन्चित हुने गरेका छन।
जिल्लाको सुर्नया गाउपालिका, पुर्चौडी नगरपालिका,दोगडाकेदार गाउपालिका,शिगास गाउपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिबनाथ गाउपालिका,लगायत बैतडीका सबै ठाउँमा नेपाल टेलिकमको नेटवर्क नआउँदा संञ्चार सेवा बाट यहाका नागरिक संञ्चार सेवा वन्चित हुने गरेका छन।यस्तै सरकारी कार्यालयका काम गर्दा एकदिनमा गर्नु पर्ने काम २/३ दिन लगाएर गर्नु परेको दोगडाकेदार गाउपालिका वडा नम्बर ०२ का वडा अध्यक्ष विष्णु दत्त भट्ट ले बताउनुभयो ।

यस्तै सुर्नया गाउपालिका मा विद्युत सेवा अवरुद्ध हुदा नेपाल टेलिकम को नेटवर्क नै गाइभ हुने स्थानिय युवा दिनेश महराले बताए।

Mgid News ko Bichma
डिभिजन वन

जिल्लाको अन्य पालिका हरुमा पनि कतिपय समयमा नेटवर्क नआउँदा डाँडा काँडा चड्नु पर्ने बाध्यता रहेको स्थानियहरुले दुःखेसो पोखेका छन। नेटवर्क नै नआउँदा इन्टरनेट चलाउन,फोन,कल,गर्न समस्या हुने गरेको सुर्नया गाउपालिका कि अनु विष्टले बताइन।

inside post news

सम्बन्धित निकायलाई बेला बेला खबरदारी गर्दा पनि सम्बन्धित निकाय मौन बसेको सुर्नया गाउपालिका वडा नम्बर ०६ का वडा अध्यक्ष मदनराज अवस्थीले बताए।

बढ्दो सामाजिक संजालको युगमा बेला बेला नेपाल टेलिकमको नेटवर्क नआउँदा बैतडी बासी चिन्तित बन्ने गरेका छन।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...