सुदूरपश्चिम प्रदेशस्तरीय ठाडी भाका प्रतियोगितामा गायक विष्ट प्रथम

प्रेम बोगटी धनगढी।
सुदूरपश्चिम प्रदेशस्तरीय ठाडीभाका प्रतियोगितामा  गायक शेर विष्ट प्रथम भएका छन् ।

 

डिभिजन वन

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र राष्ट्रिय संगीतकर्मी सङ्घको आयोजनामा धनगढीको रिद्धि सिद्धि पार्टी प्लेसमा प्रदेश स्तरीय  ठाडी भाका प्रतियोगिता आयोजना भएको थियो । उक्त प्रतियोगितामा सुदूरपश्चिम भरिका विभिन्न जिल्लाहरूबाट २८ जना प्रतियोगीहरुले सहभागीता जनाएका थिए । २८ जनाहरु सबैलाई उछिल्दै शेर बिष्ट भने प्रथम भएका हुन् । सुदूरपश्चिमको भाषा कला संस्कृति, साहित्यको संरक्षण सम्बर्धन र प्रवर्द्धन गर्नका निमित्त विभिन्न खालका कार्यक्रमहरू गर्नुपर्ने र विगत लामो समयदेखि हामीले यस्ता खालका कार्यक्रमहरु गर्दै आएका छौं । र नयाँ पुस्तालाई पनि आफ्नो भाषा कला संस्कृति जगेर्नाका निमित्त उहाँहरुलाई उत्प्रेरणा गर्नको निमित्त पनि यस्ता खालका कार्यक्रमहरू गरिनुपर्ने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले बताउनुभयो ।

 

कार्यक्रममा विभिन्न राष्ट्रकी ख्याति प्राप्त कलाकारहरू ठाडी भाका कि रानी भनेर चिनिने डिक्रा देवी , लोकप्रिय वरिष्ठ देउडा गायक भुवन दाहाल , लालबहादुर धामी अछामी बडो , लालबहादुर थापा र धोज महरा लगायत कलाकारहरुको आगमन भएको थियो ।

Mgid News ko Bichma

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...