
सुरेन्द्र खत्री बझाङ।
नेकपा एमालेको बझाङ जिल्ला कमिटीको अध्यक्षमा दिल बहादुर भण्डारी विजयी भएका छन् । अध्यक्षका उम्मेदवार कलक खड्कालाई ५५ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३८७ मत खसेकामा भण्डारी २०८ मतसहित विजयी हुँदा खड्काले १५३ मत पाए । । उपाध्यक्षमा लाल बहादुर विष्ट, सचिवमा नयन बोहरा , सहसचिवमा पंकज भण्डारी र महिला सहसचिवमा राधा बिष्ट विजयी भएकाे निर्वाचन समितिले जनाएको छ ।