डडेल्धुरा : डडेल्धुरामा माछा मार्नका लागि पासो थाप्न्रे क्रममा एक जनाको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका–४ मलपडा स्थित सेती नदीमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो ।

बिष्ट माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेका थिए ।
