बिहे गर्नु एकहोरो दबाब, नमाने पछि भीरबाट खसालेर हत्या

अछाम : शनिबार अछाममा मृत फेला परेका दुई किशोरीको हत्या गरेको आशंकामा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एक जना किशोरीले बिहे गर्न नमानेपछि उनको हत्या भएको देखिएको छ।

पक्राउ परेका १७ वर्षीय किशोरले मृत भेटिएकामध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए।

Mgid News ko Bichma

तर, ती किशोरीले बिहे गर्न अस्वीकार गरेकी प्रहरीले जनाएको छ।

inside post news

प्रहरीका अनुसार १७ वर्षीय किशोर बिहेको दबाब दिन किशोरीहरू गोठाला गएको जंगलमै पुगेका थिए।

उनका साथमा अरु साथीहरू पनि थिए। उनले बिहेका लागि निकै दबाब दिए। तर, किशोरीले मानिनन्।

डिभिजन वन

नमानेपछि भीरबाट खसालिदिए। घटनाबारे अर्की किशोरीले देखेपछि उनलाई समेत त्यसरी नै भीरबाट खसालिएको प्रहरीले जनाएको छ।

यसअघि दुई जनालाई पक्राउ गरिएकोमा सोमबार थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको अछाम प्रहरी प्रमुख, डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

पक्राउ परेकाहरू ती किशोरीको भिनाजु नाता पर्ने रहेका प्रहरीले जनाएको छ।

किशोरीहरूको शवको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ।

अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा किशोरीहरूको टाउकोमा गम्भीर चोट देखिएको छ भने एक किशोरीको मेरुदण्ड नै भाँचिएको पाइएको छ।

उनीहरूमाथि बलात्कार भएको हो वा होइन भन्ने परीक्षणका लागि भेरी अस्पतालले स्वाब संकलन गरेर विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ।

अछामको ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी शनिबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेका थिए।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...