बझाङको देउरामा महोत्सवको रौनक छ । केदारस्यूँ गाउँपालिकाको आर्थिक सहयोगमा श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव २०८१ चलिरहेको हो। सांस्कृतिक सम्पदा, कलाको संरक्षण र प्रवर्द्धन तथा स्थानीय संस्कृति उजागर गर्न महोत्सव आयोजना गरेको आयोजक कमिटीले जनाएको छ । तर कला संस्कृति जोगाउने अभियानमै उड्यो कण्डम उडेको छ ।

महोत्सवमा आफन्तहरू सँगै भएर हेर्न नसकिने दृश्य भेटिए । महोत्सवको छैटौं दिन आज मुख्य आकर्षक रुपमा थिइन् लोकप्रिय कलाकार ज्योति मगर, मुख्य आकर्षकै रुपमा रहेकी ज्योतिको प्रदर्शनी हेर्न ठूलो संख्यामा दर्शक उपस्थित हुन्छन् ।
जब ज्योति महोत्सव स्थल मञ्चमा पुग्छिन् तब दर्शकको होहल्ला बढ्छ । मञ्चमा उपस्थित ज्योति आफ्नो प्रस्तुति तर्फ लाग्छिन् , दर्शक होहल्ला गर्दै नाच्न र रमाइलो गर्न तर्फ, त्यसै बिचमा मञ्चको अगाडि हावामा देखिन्छन् बेलुन । त्यही बेलुन कोही कतै कोही कतै खेल्छन् , एकले हातले समात्ने प्रयत्न गर्छन् । तर अर्को आएर उता फाल्छन् । त्यो बेलुन नभएर अस्थायी साधन ( कण्डम ) हो । यसरी वृद्धवृद्धा दाजुभाइ दिदिबहिनी , नातेदार भएको ठाउँमा कण्डम उढाउनु नराम्रो पक्ष भएको एकजना महोत्सवमा सहभागी दर्शकको तर्क छ ।
उनलाई आयोजकले १ लाख २० हजार तिरेर महोत्सवमा बोलाइएको हो ।
