बझाङ, चैत १६

पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा बझाङमा प्रदर्शन गरिएको छ । पत्रकार महासंघ बझाङको आयोजनामा बझाङको सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको हो ।
उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको हिजो राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो । कार्यकर्ताहरुले तिनकुनेको एक घरमा आगजनी गरेको थिए । सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई गेटमा ताल्चा लगाइदिएर भित्रै थुनेका थिए । सोही क्रममा जलेर उनको मृत्यु भएको हो ।
