कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा बिहीबार राति ढिलासम्म चलेको राजनीतिक छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति भइरहेको छ।

स्रोतका अनुसार राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुन व्यवसायी र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच भएको छलफलमा अन्तरिम सरकारको नेतृत्व कार्कीले गर्ने निष्कर्ष निकालिएको हो।

डिभिजन वन

तर, संसद विघटन गर्ने वा नगर्ने भन्ने विषयमा भने अझै मतभेद रहेको जनाइएको छ।

Mgid News ko Bichma

छलफलमा सहभागी एक अधिकारीका अनुसार, संसद विघटनबारे सभामुखले असहमति जनाए पनि जेनजीका प्रतिनिधिले संसद विघटन नगरेसम्म आन्दोलन जारी राख्ने अडान राखेका छन्।

inside post news

अन्तिम सहमति कायम भएमा शुक्रबार बिहानै सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...