बझाङ : बझाङको बागथला आगलागी हुदाँ होटेल र एक खुद्रा पसल जलेर नष्ट भएका छन ।

भानबहादुर बिष्टले संचालन गरेको होटेल र खुद्रा पसलमा आईतवार राति आगलागी भएको हो।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको चौधरीले जानकारी दिए।