जन्मदिनमा श्रीमानलाई श्रीमतिकाे बीमा पाेलिसी उपहार

 

बझाङ, कार्तिक ३०

जन्मदिनको अवसर पारी श्रीमती बिनुकुमारी थापा बिष्टले आफ्ना श्रीमान अनिल बिष्टलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बझाङ बाट सात लाखको बिमा पोलिसि उपहार दिएकी छिन् । बझाङकाे जयपृथ्बी नगरपालिका –१० बस्ने बिनुकुमारी थापा बिस्टले आफ्नो श्रीमानको जोखिम बहन तथा नियमित अनिवार्य बचतका लागि पछिल्लो समयमा अनावश्यक खर्च गरि मनाउने जन्मदिनको परम्परालाई तोड्न उनले यो कार्य गरेको बताईन्।

डिभिजन वन

थापाले जन्म दिन मनाउने नाममा गरिने फजुल खर्च रोक्न र आफू र आफ्ना सन्ततिको भबिस्यको बारेमा सोच्ने हो भने सबैले जीवन बिमा गर्नुपर्ने बताइन् ।

 

Mgid News ko Bichma

बिमित अनिल बिष्टले ३२औँ जन्म दिन अविस्मरणीय गरी मनाउन पाएकोमा सिटिजन लाइफ इन्स्योरेन्स बझाङ शाखालाई धन्यवाद दिए । आजसम्म नपाएको उपहार बीमा पोलिसी पाउँदा उनले निकै हर्सित भएको बताए । बिष्टलाई जन्मदिनकाे शुभकामना दिदै अबका दिनहरुमा आफ्ना बच्चाहरुको राम्रो लालनपालन ,उच्च शिक्षा ,बिवाह वर्तबन्ध,भैपरी आउने खर्चको लागि साथै जोखिम बहनका लागि आजैबाट सबैले आफ्नो आम्दानीले धान्ने गरि जीवन बिमा गरेमा भोलिको भबिस्य सुनिश्चत हुने सिटिजन लाइफ इन्साेरेन्स शाखा प्रमुख प्रबिन्द्र धामीले बताए।

inside post news

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...