जगदीश रोकाया
बझाङ २० असौज ।
नेपालको पुर्वको पाँचथर देखी पश्चिमको दार्चुला सम्म हिमालको तल्लो क्षेत्र हुदै एक टोलीले ४१ दिनको पदयात्रा पुरा गरि बृत्रचित्र बनाएर काठमाण्डुुमा एक औपचारीक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । गत शनिवार सार्वजनिक गरिएको बृतचित्रको प्रतिनिधी सभाकी उप सभामुख इन्दिरा राना मगरले उद्घाटन गर्नु भएको हो ।


त्रिभुवन विश्व विध्यालय, ग्रामिण विकास केन्द्रिय विभागका उपप्राध्यापक डाक्टर राजन विनायक पासा र धादिङ जिल्ला घर भएका लिला बहादुर विश्वकर्माले गत कार्तिक महिना सुुरु गरेको पद यात्रा ४१ दिनमा सकिएको थियो । ग्रेट हिमालयन टे«ल तल्लो खण्ड नाम दिएको यस पदयात्रा बृतचित्रमा बाटोमा देखीएका गाँउ ठाँउको महत्व विषेशता , त्यहाँका मान्छेको जन जिवनको अडियो भिडियो बनाएर राजन विनायक पासाको प्रस्तुुतीमा ४५ मिनेट जतीको बृतचित्र रहेको छ ।

बृतचित्र उदघाटन समारोहमा पर्वतआरोहि माया गुुरुङ, ग्रामिण पर्यटन विद प्राध्यापक डक्टर प्रेम शर्मा लगायत विभिन्न पर्यटन व्यावसायि र समाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो । बृत चित्रमा पहिलो दिन पाँचथरको च्याड्थापुु खर्क गाँउ वाट यात्रा सुुरु गरिएको छ भने यात्राको अन्तमि दिन दार्चुला खलंगा पुुगेर यात्रा विर्सजन गरिएको छ । राजन विनायक पासाको टोलीले कोशी जलाधार क्षेत्रमा १६ दिन गण्डकी जलाधार क्षेत्रमा ११ दिन र कर्णाली महाकाली जलाधार क्षेत्रमा १४ दिन लगातर पुर्व पश्चिम पैदल यात्रा पुरा गरेका थिए । यसलाइ ग्रिन बेल्ड गाँउवेसी भएर हिड्ने यात्रा पनि भनिन्छ । १७ सय किलो मिटर जती हिड्नुु पर्ने यस यात्रामा हिमालयन तल्लो रेन्चको २७ जिल्ला पार गर्नु पर्ने हुन्छ ।
यो यात्रा गर्दा उत्तरतिर देखीन सुुन्दर हिमशृखलाहरुको दृश्यअवलोकन गर्दै आन्दन लिन सकिने र गाँउ बस्तीको जनजिवन बोलीभाषा खानपिन रहनसहन अन्य लेखबेसी पाटन डाडा काँडा खोला नाला धार्मीक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिने भएकाले यो पदयात्रा निकै प्रशिद्ध र अलौकिक मानिन्छ । बृत चित्रमा पनि यस यात्रामा देखे भोगेका यस्तै सुन्दर अनुुभव अनुुभुुती गाँउ ठाँउ बस्तीहरु , प्रकृति जल जमिनको अवस्था समाबेस गरिएको हुदाँ यो बृत चित्र सवैले निकै मन पराएका थिए । पदयात्राको ३८ औं दिन बझाङ पुगेका उनीहरु बजुरा बाट छान्ना तमै ल बागथाला भएर बुंगल कपलसेरीको बाटो हुँदै दार्चुला पुगेका थिए ।
प्रर्यटन व्यवसायमा चाँसो भएका साहासिक पर्यटकहरु लाइ उत्प्रेणा र जानकारी दिन यो पद यात्रा गरेको प्राध्ययापक राजन विनायकले जानकारी दिनुु भयो । उहाँले यो यात्रा र र्निमाण भएको बृत्र चित्रले नेपालको पर्यटन क्षेत्रमा निकै सहयोग पुुग्ने समेत वताए ।
कार्यक्रममा सहभागी भएका प्रमुुख अतिथि विशेष अतिथिहरुले बृतचित्र र्निमाता राजन विनायक पासाले गरेको काम प्रति उच्च सम्मान व्यक्त गरेका थिए । नेपालमा यसरी हिमालको तल्लो क्षेत्रको पुर्व पश्चिम पद यात्रा गर्ने पासाको टोली पहिलो हो । पुर्व भुटान देखी पश्चिम पाकिस्तान सम्मको नागा पर्वत सम्म ग्रेट हिमायल टे्ल ४५ सय किलो मिटर रहेको छ । तर नेपाल खण्डमा भने माथील्लो टे्ल १५ सय किलो मिटरको रहेको छ भने तल्लो ट्रेल १७ सय किलो मिटरको दुुरी छ ।