आईसिटी ल्याबको प्रयोगबारे शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रम सुरु

बझाङ।
प्रगतीशिल युवा समाज बझाङको आयोजनामा शिक्षण सिकाई प्रक्रिया प्रभावकारी बनाउन शिक्षकहरुलाई ईपाथ र सुचना संचार तथा प्रविधि (आईसिटी ल्याब) को प्रयोग बारे ३ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपाल, एडुटेक नेपालको आर्थिक सहयोग र प्रगतिशिल युवा समाजद्वारा संचालित विद्यालयमा प्रविधीमैत्री शिक्षा सिक्ने अवसर (टेलस) परियोजना अन्र्तगत शिक्षकहरुलाई ईपाथ र सुचना संचार तथा प्रविधिको प्रयोगका बारेमा ३ दिने प्रशिक्षण कार्यक्रम मंगलबार सुनिपिपलचौर माध्यामिक विध्यालय, सुवेडामा सुरु गरिएको हो ।

डिभिजन वन


कार्यक्रममा विद्यालयमा सञ्चालन गरिएको टेलस परियोजना अन्र्तगत सुचना, सञ्चार तथा प्रविधी ल्याब (आईसिटी ल्याब) सञ्चालन भएपछि विद्यालयमा विद्यार्थीहरुको सिकाईलाई कसरि प्रभावकारी बनाउने र यसको सिकाईमा कसरि प्रयोग गर्ने भन्ने बारेमा ३ दिनमा छलफल र प्रशिक्षण दिइने आयोजक संस्थाले जानकारि दिइएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयमा सञ्चालन गरिएको सुचना, सञ्चार तथा प्रविधी ल्याब (आईसिटी ल्याब) को शिक्षामा तथा सिकाईमा भुमिका,सिकाई आदानप्रदानमा चाहिने शैक्षिक सामाग्रीको प्रयोग, शिक्षण सिकाईमा ल्यावको प्रयोग गर्ने तरिका लगाएतको बारेमा प्रशिक्षण गरिने एडुटेक नेपालका प्रतिनिधी तथा कार्यक्रमका प्रशिक्षक अमन दासले बताए ।
कार्यक्रममा परियोजना लागु भएका नारायण माध्यामिक विद्यालय, बालविकास माध्यामिक विद्यालय, पाण्डु माध्यामिक विद्यालय, निलकट्टी माध्यामिक विद्यालय, सुनिपिपलचौर माध्यामिक विद्यालय, भवानी माध्यामिक विद्यालय, शिशु आधारभुत विद्यालय र सुर्मा आधारभुत विद्यालय गरी नगरपालिकाका ८ वटा विद्यालयका शिक्षकको सहभागिता रहेको थियो । मंगलबारबाट सुरुभएको उक्त कार्यक्रम विहिबार सम्म चल्ने भएको छ ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...