सुनिपिपलचौर माविमा एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

 

बझाङ, माघ १५

बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपलचौर माध्यमिक विद्यालयले एसईई तयारी गरिरहेका विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न बुधबार (भोली) देखि विद्यालयमै निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न र उनीहरूको तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ट्युसन कक्षामा विषय शिक्षकहरूबाट गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन पढाई हुने विध्यालयले जनाएको छ ।

 

Mgid News ko Bichma
डिभिजन वन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र बहादुर सिंहले यो कदमलाई विद्यार्थीको भविष्य निर्माणमा एक महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरेका छन् । ‘विद्यार्थीलाई बाहिरी ट्युसनको आर्थिक बोझ कम गर्दै उनीहरूको अध्ययनलाई प्रभावकारी बनाउने हाम्रो मुख्य उद्देश्य हो । यसमा अभिभावक र विद्यार्थीहरूको सहयोग देख्दा हामी निकै हर्षित छौँ ।’ उनले भने । विद्यार्थीहरू यो कक्षाबाट निकै लाभान्वित हुने अध्यक्ष सिंहले अपेक्षा गरेका छन् ।

 

inside post news

एसईईको तयारी गरिरहेका छात्र प्रकाश जोशीले भने, ‘विद्यालयमै निःशुल्क ट्युसन हुँदा हामीजस्ता आर्थिक रूपमा कमजोर विद्यार्थीलाई धेरै सहज हुनेभएको छ । नत्र हिडेर सदरमुकाम चैनपुर जानुपथ्र्यो । विद्यालयमै निःशुल्क ट्युसन हुँदा घरमै खाना खाएर पढ्न पाइने भएको छ । यसमा हामी खुसी छौ । यसले हामीलाई थप मेहनत गर्न प्रेरित गरेको छ ।’

 

यसैगरी, अभिभावकहरूले विद्यालयको यो प्रयासलाई अत्यन्त सराहनीय मानेका छन् । स्थानीय अभिभावक सत्यराज काेइरालाले भने, ‘विद्यालयले यस्तो कार्यक्रम सुरु गरेर हाम्रो छोराछोरीको शैक्षिक स्तर सुधार्न ठूलो योगदान दिएको छ । बाहिर ट्युसन पठाउन नसक्ने अभिभावकहरूका लागि यो निकै राहतको कुरा हो ।’

 

 

शिक्षकहरूले विद्यार्थीलाई एसईई परीक्षाको तयारीमा सहजीकरण गर्न कक्षालाई व्यवस्थित र परिणाममुखी बनाएका छन् । शिक्षक खत्रीले भने,‘विद्यार्थीहरूको आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर पाठ्यक्रम तयार गरेका छौँ । उनीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धिका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ ।’ निःशुल्क ट्युसन कक्षाको यो पहलले विद्यार्थी, अभिभावक र शिक्षकमाझ सकारात्मक प्रभाव पारेको छ । यो कार्यक्रमले विद्यार्थीको शैक्षिक प्रगतिमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यो कार्यक्रम अन्य विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...