बझाङको बित्थडचिर गाउँपालिका–९ ले वडास्तरीय परीक्षा सञ्चालनमा ल्याउने

बझाङ।
बझाङको बित्थडचिर गाउँपालिका वडा नं ९ मा रहेका विद्यालयहरुमा वडास्तरीय परीक्षा हुने भएको छ । वडाभरिका विद्यालयको परिक्षा चुस्तदुरुस्त, पारदर्शी र एकरुपता ल्याउन वडास्तरीय परीक्षा सञ्चालनमा ल्याउन लागिएको वडाध्यक्ष हरिषचन्द्र जोशीले बताए ।

 

वडाले नयाँ शैक्षिकसत्र सुरु हुनेबेलैबाट त्यसको तयारी गरेको थियो । गत कार्तिक ८ गते बसेको वडाध्यक्ष जोशीको अध्यक्षतामा बसेको बैठकले विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरी वडास्तरीय परीक्षा सञ्चालन समिति सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन बहादुर बमको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो ।

 

 

डिभिजन वन

कुन विद्यालयमा कुन विषय कति पठाएको छ भन्ने जानकारी आएको र सोही अनुसार प्रश्नपत्र निर्माणको काम तीव्र रुपमा अघि बढेको बमले बताए । जसअनुसार कुनै पनि शिक्षकले घरमा लगेर कापी जाँच गर्न नपाउने र जाँचिएको कापी पनि सम्परीक्षण गरिने उनले बताए ।वडाभित्रका सम्पूर्ण विद्यार्थीको एकीकृत मूल्यांकन हुने तथा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।

 

Mgid News ko Bichma

जसले वडाभित्र रहेका एक अर्का विद्यालयको शैक्षिकस्तर थाहा हुने र थप प्रतिष्पर्धा हुनेमा विश्वस्त रहेको वडाध्यक्ष जोशीले बताए ।

inside post news

सेती खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हाम्रो इमेल ठेगाना setikhabar@gmail.com र फोन  9858484036 मा पठाउनु होला । Facebook पेज  मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

Loading...