बझाङ्गद्विप क्याम्पसमा स्वबीयू द्वारा उत्पादन गरेको ६० किलो च्याउ को रकम बिध्यार्थी कल्याणकारी कोशमा राख्ने
बझाङ।

बझाङ्गद्विप क्याम्पसमा स्वबीयू द्वारा उत्पादन गरेको ६० किलो च्याउ को रकम बिध्यार्थी कल्याणकारी कोशमा राख्ने निणर्य गरिएको छ । उक्त क्याम्पसमा स्वबियुको पहल कदमिमा २०८१ मंसिर १४ गतेका दिन क्याम्पस सन्चालक समितिको निर्णय अनुसार बिध्यार्थी कल्याणकारी कोष स्थापना गर्ने निणय भयको हो ।
कोषले गरीब जेहेन्दार बिध्यार्थि,बिपन्न परिवारका बिध्यार्थी , गरिखाने बर्गका परिवारका बिध्यार्थी अर्थात क्याम्पसमा बिध्यार्थिको हकहितमा काम गर्ने उक्त क्यम्पसका स्ववियु सभापति कमल थापाले बताए ।
थापाका अनुसार “केही महिना अगाडि क्याम्पसमा बिध्यार्थी संग सभापती कार्यक्रम अन्तरगत स्वबियुद्वारा पढदै कमाउदै बिध्यार्थि आत्मनिर्भर सिपमुलक कार्यक्रम च्याउ उत्पादन कार्यक्रम गरेका थिय । उक्त कार्यक्रम छात्रवासमा बस्ने बिध्यार्थिलाइ लक्षित पार्दै क्याम्पसमा च्याउ उत्पादन खेती गरियको थियो । च्याउखेतिमा उत्पादन भयको ६० केजि (१ केजि :३००) बिध्यार्थिको स्वामित्वमा रहने गरि बिध्यार्थी कल्याणकारी कोश स्थापना भयको छ ।