
सुरेन्द्र खत्री बझाङ ।
बझाङमा जिप दुर्घटना हुँदा चालक सहित ४ जनाको मृत्यू भएको छ । तलकोट गाउँपालिका बाट चैनपुर तिर आइरहेको से १ नम्बरको जिप तलकोटकै सुकागाड भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा चालक ३२/३३ वर्षका केदारस्युँ गाउँपालिका १ घर भएका सम्सेर मल्ल , बाेलेराे जिपमा सवार एउटै घरका आमा बर्ष ७२ कि जाैमती देवी धामी,छाेरा बर्ष ३६ काे बम्म बहादुर धामीकाे घटना स्थलमै मृत्यु भएकाे र नातिनी बर्ष ६ कि आकृति कुमारी धामी काे जिल्ला अस्पताल बझाङ पुग्दा पुग्दै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारीले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।